English to Nepali: Group work General field: Social Sciences Detailed field: Safety | |
Source text - English We encourage you to share your thoughts and ideas throughout the Stepping On Program. Your experience and ideas may help others in the group. Please observe the usual social etiquette–listening to others and taking turns to speak. If you are having difficulty hearing, please sit close to the facilitator. | Translation - Nepali हामी स्टेपिङ् अन कार्यक्रम अवधिभर आफ्ना विचार तथा उपायहरू अरूसँग बाँड्न तपाईंलाई प्रोत्साहित गर्दछौं। तपाईंको अनुभव तथा विचारहरूले समूहमा अरूहरूलाई मद्दत गर्न सक्दछ। कृपया सामान्य सामाजिक शिष्टाचारको ख्याल गर्नुहोस्–अरूलाई बोल्ने समय दिनुहोस् र आफ्नो पालोमा बोल्नुहोस्। यदि तपाईंलाई सुन्नमा कठिनाइ भइराखेको छ भने कृपया सहजकर्ताको नजिकै बस्नुहोस्। |
English to Nepali: Health assessment General field: Medical Detailed field: Medical: Health Care | |
Source text - English Situation: The patient describes having an itchy anus usually at night, there is no associated weight loss, diarrhoea or vomiting. He also has not felt any haemorrhoids. He denies any significant medical issues, medication use or allergies.
Denies any TB signs or symptoms. | Translation - Nepali अवस्थाः बिरामीका अनुसार विशेष गरी रातमा मलद्वार चिलाउने गर्छ तर तौल घट्ने, झाडापखाला वा बान्ता भएको छैन। बिरामीलाई हेमरोइड भएजस्तो पनि भएको छैन। बिरामीका अनुसार कुनै महत्त्वपूर्ण चिकित्सकीय समस्या, औषधिको प्रयोग वा एलर्जी पनि छैन। क्षयरोगका कुनै सङ्केत वा लक्षणहरू देखिएका छैनन्। |
English to Nepali: Kindergarten education General field: Social Sciences Detailed field: Education / Pedagogy | |
Source text - English Kindergarten is an Educational Program for 4 year old children led by a Teacher who has a Degree in Education. It is sometimes called Preschool. At Kindergarten children become independent in making choices and doing things for themselves. This helps them to learn to make decisions and be responsible. | Translation - Nepali किन्डरगार्टेन ४ वर्ष उमेर पुगेका बालबालिकाहरूका लागि एक शैक्षिक कार्यक्रम हो जसलार्इ शिक्षा विषयमा उपाधि प्राप्त शिक्षक/शिक्षिकाले नेतृत्व गरेका हुन्छन्। यसलार्इ कहिलेकाहीँ प्रि-स्कूल पनि भन्ने गरिन्छ। किन्डरगार्टेनमा बालबालिकाहरू कुनै कुरा छनौट गर्ने कुरामा स्वनिर्भर र स्वावलम्बी बन्दछन्। यसले उनीहरूलार्इ निर्णय लिन र जिम्मेवार बन्न सिक्ने कुरामा सहयोग पुर्याउँदछ। |
English to Nepali: ISLA Program General field: Marketing Detailed field: Marketing | |
Source text - English Run by the City of Sydney, the International Student Leadership and Ambassador program provides training, mentoring and work experience that helps international students make the most of their Sydney stay. The ambassadors attend workshops in a variety of activities, including leadership, cultural awareness, community engagement, professional writing and project management. Launched in 2013, the program has so far mentored 65 ambassadors. This year the City will select 40 new candidates from applicants attending educational institutions across the state. | Translation - Nepali सिड्नी नगरद्वारा सञ्चालित यस अन्तर्राष्ट्रिय विद्यार्थी नेतृत्व तथा राजदूत कार्यक्रमले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलार्इ प्रदान गर्ने तालिम, सुझाव र कार्य अनुभवले उनीहरूको सिड्नी बसाइलार्इ धेरैभन्दा धेरै फलदायी बनाउन मद्दत गर्छ। राजदूतहरू नेतृत्वकला, सांस्कृतिक जागरूकता, समुदायिक सहभागिता, व्यवसायिक लेखन र परियोजना व्यवस्थापन लगायत विविध क्रियाकलापहरूसँग सम्बन्धित कार्यशालाहरूमा सहभागी हुन्छन्। सन् २०१३ बाट शुरू भएको यो कार्यक्रमले हालसम्म ६५ राजदूतहरूलार्इ हुर्काइसकेको छ। यो वर्ष नगरले राज्यभरका शैक्षिक संस्थाहरूमा अध्ययनरत आवेदकहरू मध्येबाट ४० नयाँ उम्मेदवारहरूको चयन गर्नेछ। |
English to Nepali: Election manifesto General field: Social Sciences Detailed field: Government / Politics | |
Source text - English Samantha Ratnam is your Greens’ candidate for the seat of Wills. She is a social worker, Brunswick local and was recently elected Mayor of Moreland. Through her work supporting refugees and marginalised people, she has seen how vital it is that everyone has access to education, healthcare and meaningful work. | Translation - Nepali Samantha Ratnam तपार्इंहरूको क्षेत्र Wills बाट उठ्नुभएकी Greens उम्मेदवार हुनुहुन्छ। उहाँ Brunswick निवासी एक सामाजिक कार्यकर्ता हुनुका साथै हालै Moreland को मेयर पदमा निर्वाचित हुनुभएको थियो। शरणार्थी तथा सीमान्तकृत समुदायलार्इ सहयोग गर्ने आफ्नो कार्य गरिरहँदा शिक्षा, स्वास्थ्य सेवा तथा सार्थक रोजगारीमा सबै जनताको पहुँच हुनु कति महत्त्वपूर्ण छ भन्ने कुरा उहाँले महसूस गर्नुभएको छ।
(*Some texts were left in English as per the client's instruction.) |
English to Nepali: Insurance disclaimer General field: Bus/Financial Detailed field: Insurance | |
Source text - English DISCLAIMER: Max Life Insurance Company shall not be held responsible in case the premium refund is not credited to your bank account or if the transaction is delayed or not effected at all for reasons of incomplete/incorrect information provided by you in this Form. Further, Max Life Insurance reserves the right to use any alternate option to pay you including demand draft/cheque in spite of your opting for direct credit option. Credit will be effected based solely on the policyholder account number information provided by the policyholder and the policyholder name particulars will not be used thereof. | Translation - Nepali खण्डनः तपार्इंले यो फारममा अपूर्ण/गलत विवरण भरेको कारण तपार्इंको खातामा प्रिमियम फिर्ताको रकम जम्मा हुन नसकेमा वा सो कारोबारमा ढिलार्इ हुन गएमा वा सो प्रक्रिया नै शुरू हुन नसकेमा म्याक्स लाइफ इन्स्योरेन्स जवाफदेही हुनेछैन। साथै, तपार्इंले सिधै खातामा जम्मा गर्ने विकल्पको चयन गरे तापनि म्याक्स लाइफ इन्स्योरेन्सले रकम भुक्तानीका लागि उक्त विकल्पको सट्टा डिमान्ड ड्राफ्ट/चेक लगायतका कुनै अन्य वैकल्पिक माध्यमहरूको प्रयोग गर्ने अधिकार सुरक्षित राख्छ। रकम जम्मा गर्दा पोलिसीवाहकले उपलब्ध गराएको खाता नम्बर विवरणलार्इ मात्र आधार मानिनेछ र पोलिसीवाहकको नामको प्रयोग गरिने छैन। |
English to Nepali: Dragon Draganti General field: Art/Literary Detailed field: Poetry & Literature | |
Source text - English Once upon a time there was a king who had a most beautiful daughter. When she grew up her father was very keen to see her happily married but she refused and showed no interest whatsoever. The king went through a lot of trouble to select young men from all over the kingdom yet she would always turn them down. At long last she told her father:
“I will only marry a man who has golden teeth!” | Translation - Nepali एकादेशमा एकजना राजा थिए, राजाकी छोरी राजकुमारी असाध्यै सुन्दरी थिइन्। बिस्तारै उनी ठूली भइन् र उनको बिहे गर्ने उमेर भयो। आफ्नी छोरीको बडो धूमधामका साथ बिहे गरिदिने राजाको ठूलो इच्छा थियो, तर राजकुमारी भने बिहे गर्ने विषयमा कुनै चासो नै देखाउँदिन थिइन्। राजा उनको लागि वर खोज्दा–खोज्दा हैरान भइसकेका थिए, उनी अधिराज्यभरिबाट गुणवान् पुरुषहरू खोजेर ल्याउँथे तर राजकुमारी भने सबैलाई निराश बनाएर पठाइदिन्थिन्। राजाले धेरै आग्रह गरेपछि अन्त्यमा राजकुमारीले आफ्नो शर्त राखिन्–
“म स्वर्णदन्त भएको पुरुषसँग मात्र बिहे गर्नेछु!” |
English to Nepali: Street tree plan General field: Social Sciences Detailed field: Environment & Ecology | |
Source text - English Our green street landscape is a significant asset to the local community and the environment. Our street trees provide critical ecosystem services such as air and water filtration, shade, habitat, oxygen, carbon sequestration and nutrient cycling. Street trees can also contribute to community health and wellbeing, property values and also provide opportunities for experiencing a connection to nature, something that is often perceived to be missing in the urban areas. | Translation - Nepali हरियाली सडक परिदृश्य हाम्रो स्थानीय समुदाय तथा वातावरणको एक महत्त्वपूर्ण सम्पत्ति हो। हाम्रा सडकमा भएका रूखहरूले जल तथा वायु शुद्ध पार्ने, छहारी प्रदान गर्ने, प्राकृतिक बासस्थान उपलब्ध गराउने, अक्सिजन प्रदान गर्ने, कार्बन सोसेर लिने र पोषक तत्वको चक्र सञ्चालन गर्ने जस्ता एकदमै महत्त्वपूर्ण पर्यावरणीय कार्यहरू गर्छन्। सडक वृक्षहरूले समुदायको स्वास्थ्य र हित अनि सम्पत्ति(घर)को मूल्याङ्कनमा सकारात्मक योगदान गर्नुका साथसाथै हामीलार्इ प्रकृतिसँगको सामिप्यता अनुभव गर्ने यस्तो अवसर प्रदान गर्दछन् जुन प्रायः शहरी क्षेत्रहरूमा अनुभव गर्न पाइँदैन। |